काठमाडौं, २२ पुस । सरकारले तोकेको उखुको मूल्यप्रति उखु किसानहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले लागत भन्दा पनि कम मूल्य निर्धारण गरिएकोले आपत्ति जनाएका हुन् ।

उखुको मूल्य निर्धारण किसानहरु लागत भन्दा पनि कम भएको उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले बताए ।

उनले भने, ‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन ।’

यसअघि उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली नेतृत्वको टोलीले उखुको प्रतिक्विन्टल मूल्य ६५० भन्दा बढी हुन पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।