एमालेको जिल्ला अधिवेशनको ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, २२ पुस । शुक्रबारबाट हुन लागेको नेकपा एमालेको ७७ वटै जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने भएका छन् ।
शुक्रबार बिहान ११ बजे अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन भर्चुअल रूपमा गर्ने भएका हुन् ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टी केन्द्रीय कार्यालयको ‘एक्सन रुम’बाट ओलीले उद्घाटन गर्ने तय भएको जानकारी दिए ।
एमालेको १०औं महाधिवेशन एक महिनाअगाडि नै सम्पन्न भएपनि जिल्ला अधिवेशन भने बाँकी नै रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


