पर्सा, २२ पुस । पर्साको वीरगञ्ज महानगरपालिकाबाट मोटरसाइकल चोरी गरिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१५ शिरोमणि टोल र सोही महानगरपालिका–१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २० वर्षीय अवधेश महतो, सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।

पार्किङ गरी राखेको प्रदेश २–०३–०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई मंगलबार राति पक्राउ गरिएको थियो ।

वीरगञ्ज महानगरपालिका–१४ घण्टाघरस्थित सडक छेउमा सोही ठाउँ बस्ने दिलीप पाण्डेले पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।