उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण

काठमाडौं, २२ पुस । सरकारले उखुको मूल्यवृद्धि गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल करिब ४६ रुपैयाँ बढाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेसँगै अब उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए ।
निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


