वित्तीय साक्षरता कक्षाका सहभागीहरु एकजुट हुँदै

जनकपुरधाम, २१ पुस । सामी परियोजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–२४ बसहियामा बुधबार बृहत्त भेलाको आयोजना गरिएको छ ।
वित्तीय साक्षरता अन्तर्गत आप्रवासी कामदार तथा तिनका परिवारलाई आर्थिक रुपले सवल बनाउनका लागि आप्रवासी सहकारीको अवधारणालाई आत्मसात गर्दै सो भेलाको आयोजना गरिएको हो ।
सामी परियोजनाले सुचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरतालगायतका ५ वटा मुख्य कामहरु गर्दै आईरहेको छ ।

मित्र धनुषाका अध्यक्ष रघुबीर रायले सहकारीको लागि संस्था हरदम तयार रहेको र बिगतमा पनि धनुषा लगायत छिमेकी जिल्लाहरुमा पनि सहयोग गरेको जानकारी गराए । वडाध्यक्ष सत्य नारायण साहले यस कार्यमा आफुले सक्दो सहयोग गर्ने र यसका लागि नगर प्रमुखलाई पनि अनुरोध गरेका थिए ।
नगर प्रमुख साहले जनताको आर्थिक तथा सामाजिक विकासमा सहकारी उत्तम रहेको बताए । उनले भैपरी आउने बेला कसैको अगाडी हाथ फैलाउनु नपर्ने, आफै धनि र आफै ऋणी हुने तथा ब्याज लगायत अन्यबाट आएको फाइदामा पनि लगानी अनुसारको भाग पाउने व्यबस्था रहेकोले यसभन्दा अन्य उत्तम विकल्प केही नरहेको दावी समेत गरे ।
कार्यक्रममा वित्तीय साक्षरता कक्षाका सहभागीहरु मध्येबाट २ जना उद्यमी लालपरि सदा र रिता मुखिया तथा वित्तीय साक्षरता सहजकर्ता शंकर सहनी गरि ३ जनालाई सम्मान समेत गरिएको थियो ।
वडाध्यक्ष सत्य नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा ११२ जना आप्रवासी परिवारका महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई परियोजना संयोजक अनिरुद्ध मुखियाले संचालन गरेका थिए भने कार्यक्रम अधिकृत देव नारायण मण्डलले कार्यक्रमको उदेश्यबारे प्रष्ट पारेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


