सवारी दुर्घटनामा परी राज्यमन्त्री कर्णसहित ६ जना घाइते

जनकपुरधाम, २१ पुस । सवारी दुर्घटनामा परी प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णसहित ६ जना घाइते भएका छन् ।
राज्यमन्त्री कर्ण सवार ज. १ झ ४०६ नम्बरको गाडी बुधबार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन् ।
आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा हत्या गरिएका मुक्ति मण्डलको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका–१ बरहिबिरपुरमा हत्या गरिएको भुटि यादवको परिवारसँग भेटघाट गर्न जाने क्रममा राज्यमन्त्री कर्णको गाडी पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी राज्यमन्त्री कर्णको बाँया हातमा चोट लागेको छ भने घाइते भएकाहरु सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० बर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४५ बर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ बर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साहको अवस्था भने सामान्य रहेको बताइएको छ ।
अहिले उनीहरु राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


