काठमाडौं, २१ पुस । किसान आन्दोलनको पक्षमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

किसानहरूका जायज माग पूरा गर्नुपर्ने माग गर्दै जनमत पार्टीको उपत्यका समन्वय समितिले प्रदर्शन गरेको हो ।

गिरफ्तार गरिएका किसानलाई रिहा गर, अत्याचारी सरकार मुर्दावाद, किसान उपर दमन बन्द गर, सिँचाइको व्यवस्था गरलगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

उखु किसानको भुक्तानी, उखुको मूल्य निर्धारण, किसानलाई पेन्सनको व्यवस्थालगायतका माग राख्दै पुस ११ गतेदेखि जनमत पार्टीले तराईका जिल्लाहरूमा निरन्तर आन्दोलन गरिरहेको छ ।