काठमाडौं, २१ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले नेपालको भूवनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन अनुरोध गरेका हुन् ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए ।

यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको प्रशंसा गरे ।

यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए ।