बुधबार ४३५ नयाँ संक्रमित थपिँदा २३९ जना संक्रमणमुक्त

काठमाडौं, २१ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमध्ये ४ हजार ८५२ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने संक्रमणबाट कसैको मृत्यु धने नभएको मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार १७६ पुगेको छ । नेपालमा कोरोनामुक्त हुने दर ९८ प्रतिशत रहेको छ ।
कोरोनाका कारण नेपालमा ११ हजार ६०१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुने दर १.४ प्रतिशत रहेको छ ।
नेपालमा अघिल्ला दिनभन्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यसअघि मंगलबार ९ हजार ३२९ नमुना परीक्षण गर्दा ३९३ जनामा कोरोना पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


