कश्मिरमा सुरक्षाबल र आतंककारीबीच भीडन्त हुँदा तीन आतंककारीको मृत्यु

एजेन्सी, २१ पुस । कश्मिरको पुलवामा जिल्लाको चन्दगाम इलाकामा सुरक्षाबल र आतंककारीबीच भीडन्त हुँदा तीन आतंककारीको मृत्यु भएको छ ।
कश्मिर जोन पुलिसका अनुसार मृत्यु हुनेमा एक पाकिस्तानी नागरिक पनि रहेका छन् । उनको साथमा टु–एम–फोर कार्बाइन, एक एके सिरिज राइफलसहित अन्य आपत्तिजनक सामग्री बरामद गरिएको थियो ।
यसभन्दा पहिला मंगलबार कुलगाम जिल्लामा सुरक्षाबलले चरमपन्थी संगठन लश्कर–ए–तइबा (एलइटी) का दुई सदस्यलाई मारेको थियो । प्रहरीका अनुसार पहिला घेराबन्दी गरी खोजतलास गरिएको थियो । त्यसपछि भिडन्त सुरु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


