सर्लाही, २१ पुस । सर्लाहीमा पेस्तोल सहितको झोला फेला परेको छ ।

जिल्लाको लालबन्दी–३ जब्दीस्थित नहरमा सो शंकास्पद वस्तु फेला परेको हो ।

बागमती सिंचाई आयोजनाको नहरस्थित काँसघारीमा रहेको झोलाको चेन खुलै रहेकाले झोलाको माथि नै नलकटुवा पेस्तोल देखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले झोला भित्र विद्युतीय तार तथा अन्य सामान समेत रहेकाले घटनास्थललाई नियन्त्रणमा लिएर छेउछाउ कसैलाई जान नदिईएको जानकारी दिए ।

झोला शंकास्पद देखिएकाले यकिन गर्नका लागि नेपाली सेनाको वम डिष्पोजल टोली बोलाईएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर