जाडो तथा शीतलहरका कारण प्रदेश २ मा २ जनाको मृत्यु

जनकपुरधाम, २१ पुस । विगत केही दिनदेखि बढेको जाडो तथा शीतलहरका कारण प्रदेश २ मा २ जनाको मृत्यु भएको छ ।
धनुषा र सप्तरीमा जाडोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ बस्ने ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए ।
त्यस्तै सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।जाडो बढेपनी स्थानीय तहहरुले त्यसकालागी खासै तयारी गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


