काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन पुनः सारेको छ ।

पुस २७ गते हुने भनिएको अधिवेशन माघ १५ गते हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेसले जिल्ला अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस २७ गतेसम्मका लागि सारेको थियो ।

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन सारिएको रिजालले जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

महोत्तरीमा क्षेत्र नम्बर–३ को अधिवेशन सम्पन्न नगर्दै जिल्ला अधिवेशन हुन लागेको भन्दै आजदेखि महोत्तरीमा भोक हडतालसमेत सुरु गरिएको हो ।