मंगलबार ३९३ नयाँ संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

काठमाडौं, २० पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ र १ हजार ५३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।त्यस्तै, ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेको छ । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


