राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा लोसपाका उम्मेदवार सरदारको मनोनयन दर्ता भएन

जनकपुरधाम, २० पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एकजना उम्मेदवारको मनोनयन दर्ता गरिएको छैन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट सप्तरीका श्याम सुन्दर सरकारलाई उम्मेदवार चयन गरे पनि अन्तिममा उनको मनोनयन दर्ता हुन नसकेको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
सरदार सरकारी लाभको पदमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी दर्ता हुन नसेको निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन् ।
राष्ट्रियसभा निर्वाचन निर्देशिकाले आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेकोले सरदारको उम्मेदवारी दर्ता हुन नसकेको उनले बताइन् ।
सप्तरीको कंचनरुप निवासी सरदार प्रदेश २ सरकारले ६ फागुन २०७७ मा गठन गरेको दलित विकास समितिका सदस्य हुन् । त्यस्तै, प्रदेशसभा सदस्यको समानूपातिकतर्फ समेत बन्दसूचीमा उनको नाम रहेको पाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


