दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

एजेन्सी, २० पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले आफै ट्वीट गरी कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
‘मेरो कोभिड परिक्षण नतिजा पोजेटिभ आएको छ । हल्का लक्षणहरु छन् । मैले आफूलाई घरमा आइसोलेट गरेको छु । जो व्यक्ति पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनु भएको थियो उहाँहरुलाई म आइसोलेशनमा बसेर कोभिड परिक्षण गर्न अनुरोध गर्दछु,’ केजरीवालले ट्वीटरमा लेखेका छन् ।
भारतमा पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेको छ । खासगरी दिल्ली, मुम्बई जस्ता ठूला सहरमा संक्रमण बढेको छ ।
पछिल्लो चौबिस घण्टामा भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । उक्त समयमा दिल्लीमा ४ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
भारतले हालसम्म १ अर्ब ५२ करोड ९६ लाख डोज कोरोना खोप जनतालाई लगाइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


