त्रिविले तत्काल ५ सय उपप्राध्यापकको विज्ञापन गर्ने

काठमाडौं, १९ पुस । त्रिभुवन विश्वविद्यालयले तत्काल ५ सय उपप्राध्यापकको विज्ञापन गर्ने भएको छ । त्रिवि र विद्यार्थी संगठनबीच यस्तो सहमति भएसँगै एक महिनापछि त्रिविको ताला खुलेको छ ।
त्रिवि सभाले गत मंसिर १४ गते आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापक पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
त्यसको विरोधमा उत्रिएका ६ विद्यार्थी संगठनले मंसिर १६ गते त्रिविको उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
सोमबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच १४ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्ने, स्ववियु चुनाव प्रक्रिया अघि बढाउने, खुला विज्ञापनका लागि साढे ५ सय शिक्षकको विज्ञापन गर्नेलगायत सहमति भएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी, नेकपा समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत विधार्थी संगठनसँग त्रिविले यस्तो सहमति गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


