सोमबार ३२६ नयाँ संक्रमित थपिए, २५५ जना संक्रमणमुक्त

काठमाडौं, १९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३२६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९८ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।त्यस्तै, ८ लाख १२ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेको छ । जसमध्ये ४ हजार ७५३ जना होम आइसोलेसनमा रहेका छन् भने २५२ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


