काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि आफ्ना ६ जना उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ वटा सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ ।