प्रचण्ड फेरि बने नेकपा माओवादी केन्द्रको अध्यक्ष

काठमाडौं, १९ पुस । पुष्पकमल दाहाल प्रचण्ड फेरि नेकपा माओवादी केन्द्रका अध्यक्ष बनेका छन् ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो ।
उनलाई अध्यक्षमा कृष्णबहादुर महराले समर्थन र नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
माओवादी केन्द्रको सम्पन्न आठौं महाधिवेशनले आइतबार २३६ जना केन्द्रीय सदस्य चयन गरिएको थियो । आइतबार केन्द्रीय सदस्यको नाम प्रचण्डले वाचन गरेर सुनाएका थिए ।
सोमबार यी सबै सदस्यले सपथ लिएका छन् । सपथपछि प्रचण्ड अध्यक्षमा चयन भएका हुन् । योसँगै अब लगातार ३ दशकभन्दा बढी माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड रहने भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


