काठमाडौं, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री देउवालाई भेटी २७ पुसमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

बालुवाटारमा आइतबार भएको भेटघाटमा सो विषयमा ज्ञापनपत्र बुझाएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।