आइतबार २१६ नयाँ संक्रमित थपिए, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।त्यस्तै, ८ लाख १२ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ । जसमध्ये ४ हजार ७४७ जना होम आइसोलेसनमा रहेका छन् भने २२४ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


