सप्तरीबाट पक्राउ परेका जनमतका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने

सप्तरी, १८ पुस । सप्तरीबाट पक्राउ गरिएको डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा शुक्रबार पक्राउ परेका १४ मध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।
जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कञ्चनरुप नगरपालिका समिति अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी– १ का अध्यक्ष सुरेन्द्र मण्डल तथा नेताहरु योगानन्द साह, महीनारायण साहलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
किसानलाई मलखाद माग गर्दै गत शुक्रबार पूर्वपश्चिम राजमार्गस्थित भारदहमा सडक अवरुद्ध गर्ने क्रममा उनीहरु पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


