काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौंँ महाधिवेशनको बन्दसत्रमा आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल प्रशान्तले महाधिवेशनको आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरेका हुन् ।

महाधिवेशन हलबाट उक्त विवरण एकमतले पारित भएको माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्दसत्र हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रबाट केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्ने र अनुमोदन गर्ने पनि तयारी भइरहेको छ । अनुमोदन नभएमा निर्वाचन हुनेछ ।त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।