परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थी आन्दोलित

जनकपुरधाम, १८ पुस । आफूहरुलाई परीक्षा सञ्चालन हुने मुखमै परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।
स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि मात्र सर्लाही क्याम्पसको परीक्षा केन्द्र सारिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।
अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आफूहरुले आन्दोलन जारी नै राख्ने चेतावनी दिएका छन् ।
विद्यार्थीले परीक्षा केन्द्र सारेको विषयलाई लिएर बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् भने यातायातसमेत अवरुद्ध गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


