माओवादीको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
आज रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकोमा ती सबै कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रका नेता रामनारायण विडारीले जानकारी दिए ।

