महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

महोत्तरी, १७ पुस । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको भक्तिपुर–४ घर भई हाल महोत्तरीको गौशाला नगरपालिका–१ मा बस्दै आएका अन्दाजी ४८ बर्षीय भूवन प्रसाद उपाध्याय रहेका छन् ।
शनिबार दिउँसो ज ६ प ८३४२ नम्बरको मोटरसाइकलमा सवार भई पूर्वबाट पश्चिमतर्फ गईरहेको क्रममा बर्दिबास–५ स्थित जंगहापूलमा मोटरसाइकल अनियन्त्रित हुँदा उपाध्याय गम्भीर घाइते भएका थिए ।
उनको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
मृतकको शव परिवारजनको जिम्मा लगाइएको महोत्तरी प्रहरीले जनाएको छ ।


