काठमाडौं, १७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय पोशाक दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने बैठकबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिए ।

उनले त्यसका लागि आवश्यक तयारी गरेर आउन प्रतिष्ठानलाई आग्रह पनि गरे । मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताए ।