महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

महोत्तरी, १६ पुस । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर टोल बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेका छन् ।
तिव्रगतिमा रहेको सोहि ट्याक्टरले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
डिएसपी विष्टका अनुसार चालकसहित ७ जना सवार नम्बर नभएको टयाक्टर ओभर स्पीडका कारण महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा आफैं अनियन्त्रित भएर सडक छेउमा पल्टेको थियो ।
मृतक सदाको शव जिल्ला अस्पताल जलेश्वटरमा पोष्टमार्टम गरी आफन्तनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पसवान घाइते भएका छन् । उनको प्रहरीको निगरानीमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अन्य व्यक्तिहरु प्राथमिक उपचार पश्चात घर फर्केका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


