काठमाडौं, १५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मृत्यु शून्य भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।त्यस्तै, ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । जसमध्ये ४ हजार ६३४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।