पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिकाले लिइन नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडौं, १५ पुस । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिकाले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन् ।
कृतिकाले वंशजको आधारमा नागरिकता लिएकी हुन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन् ।
सनाखतका लागि आमा हिमानीले प्रशासन पुगेकी थिइन् । नेपालको संविधान अनुसार बुवा वा आमा दुवैको नामबाट नागरिकता लिन सकिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


