भन्सार छली गरी ल्याएको साढे ७ लाख बढीको कपडा बरामद

जनकपुरधाम, १४ पुस । प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याएको साढे ७ लाख बढीको कपडा बरामद गरेको छ ।
जिल्लाको विदेह नगरपालिका वडा नं. १ मैनाथपुरस्थित राम सतिश चौधरीको घरमा भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएको लत्ताकपडा तथा हार्डवयरका सामानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
चौधरीको घरमा भन्सार छली गरेर ल्याइएका सामानहरु स्टोर गरेर राखिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले घरभित्र तलासी गर्दा प्लास्टिक र जुटको बोरा भित्र ९२ थान कुर्ता सुरूवाल सुट, ९९ थान साडी, ४२ थान पाईन्टको कपडा, २२४ पिस रेडिमेट सर्ट पाईन्ट, ३८४ पिस सुतीको साडी, १४ थान सर्टको कपडा, बल्ब सेट २९७ पिस, फलाममा प्वाल पार्ने मेसिन एक थान, मोबाईल चार्जर सेट ५०० पिस, चिम फिट गर्ने मेसिन १ थान बरामद गरिएको जिथल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएका सामान ७ लाख ५५ हजार ९५५ मुल्य बराबरको रहेको प्रवक्ता बस्नेतले जानकारी दिए । नियन्त्रणमा लिइएका सामान कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


