माओवादी केन्द्रको महाधिवेशनमा विभिन्न समूहहरुको निश्कर्ष सुनाउने क्रम जारी

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा विभिन्न समूहहरुको निश्कर्ष सुनाउने क्रम जारी रहेको छ । आज माओवादी महाधिवेशनको बन्दसत्रको चौथो दिन हो ।
आज ११ वटा समूहले आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन् । बाँकी १५ वटा समूहको सुझाव प्रस्तुत बिहीबार हुने बताइएको छ । बिहीबार बिहान ११ बजेबाट पुनः बन्दसत्र सुरु हुने जनाइएको छ ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा आत्मसमीक्षादेखि अबको नयाँ आधारहरुबारे चर्चा गरेका छन् ।
सो प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहले छलफल गरेको थियो । छलफलपछिको सुझावहरु दिने क्रम जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


