काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ विज्ञापन आह्वान गरेको छ ।

आयोगले बुधबार १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आजदेखि १३ माघसम्म नियमित शुल्कमा र २० माघसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने छन् ।

परीक्षार्थीले अनलाइन माध्यमबाट दरखास्त दिनसक्ने आयोगले जनाएको छ ।

सो विज्ञापनको सामान्यतर्फको परीक्षा आगामी १९ चैतदेखि सुरु हुनेछ ।