काठमाडौंमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौं, १४ पुस । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
आफन्तका अनुसार ३२ वर्षीय ती महिलामाथि पटक–पटक विभिन्न समयमा बलात्कार हुँदै आएको थियो ।
प्रहरीले सिसिटिभी फुटेजको आधारमा ७ जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न भएका दुई जना फरार रहेकाले तिनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले महिलाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


