काठमाडौं, १३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

नेपालमा पिसीआर परीक्षण गर्नेको संख्या ८ लाख २७ हजार ७६३ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९६ हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी, पछिल्लो समय २ लाख ८३ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।