सर्लाही, १२ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी भ्यानको ठक्करबाट एक युवाको मृत्यु भएको विषयलाई लिएर त्यहाँको स्थित तनावग्रस्त बनेको छ ।

आईतवार राति ईश्वरपुरस्थित ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोका छोरा २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । त्यसै विषयलाई लिएर त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।

स्थानीयले एक प्रहरी भ्यानमा आगजनी समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ भने पीडित पक्षले ईलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुंगामुढा समेत गरेका छन् ।

ईश्वरपुरमा अवस्था तनावपूर्ण बनेपछि हरिपुर ईलाका प्रहरी कार्यालयबाट थप प्रहरी लिएर गएको भ्यानमा स्थानीयले आगजनी गरेको हो ।