लोसपा धनुषाद्वारा कार्यसमिति विस्तार

जनकपुरधाम, १२ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा कार्यसमिति विस्तार गरेको छ । तीनजना पदाधिकारीसहित लोसपा धनुषाले सोमबार कार्यसमिति विस्तार गरेको हो ।
लोसपा धनुषाको अध्यक्षमा पार्टी अध्यक्ष महन्थ ठाकुरले यसअघि नै प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका परमेश्वर साहलाई नियुक्त गरिसकेका छन् । सोमबार विस्तार भएको कार्यसमितिमा जिल्ला अध्यक्ष साहले उपाध्यक्षमा प्रमोद यादव, सचिवमा जीवेन्द्र झा र सहसचिवमा ओपेन्द्र चोरवारलाई मनोनित गरेका छन् ।
एक÷एकजना उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित तत्काल २३ सदस्यीय जिल्ला कार्यसमिति बनाइएको अध्यक्ष साहले जानकारी दिए ।
एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन उपसचिव र एक कोषाध्यक्ष गरी ९ पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति रहने लोसपा विधानमा व्यवस्था छ ।
अध्यक्ष साहले बाकी रहेका पदाधिकारी र सदस्यहरू पनि चाँडै मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइने बताएका छन् । प्रदेश र जिल्लाका नेतृत्व विधानविपरित मनोनित गरिएको भन्दै लोसपाका असन्तुष्ट नेता कार्यकर्ता विगत दुई दिनदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


