फागुन ५ गतेदेखि जनकपुर साहित्य महोत्सव हुने

जनकपुरधाम, १२ पुस । जनकपुरधाममा आगामी फागुन ५ गतेदेखि जनकपुर साहित्य महोत्सव २०२२ हुने भएको छ ।
आगामी फागुन ५ देखि ७ गतेसम्म तीन दिवसीय साहित्य महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथि छलफल गरिने आयोजक पक्षले जनाएको छ ।
यसअघि जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुन १९ गते देखि २२ गतेसम्म आयोजना गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


