आइतबार २१९ नयाँ संक्रमित थपिए, २८३ जना संक्रमणमुक्त

काठमाडौं, ११ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा एन्टिजेन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


