महोत्तरी, ११ पुस । महोत्तरीमा जबरजस्ती करणी प्रयासको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

बर्दिबास नगपालिका–९, पशुपतिनगरबाट १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।

सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा वडा नम्बर–७ मनहरपुरका किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको पीडित परिवारको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएका छैनन् । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

किशोरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ भने जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाँडाले जनाएको छ ।