माओवादी केन्द्रमा १५ जना पदाधिकारी रहने

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा १५ जना पदाधिकारी राख्नेगरी विधान संशोधन गर्ने प्रस्ताव गरेको छ ।
अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेगरी प्रस्ताव पेश गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महराका अनुसार केन्द्रीय कमिटीको संख्यामा २९९ मा केही थप हुनेछ । आठौं महाधिवेशनकै दिन आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।
शनिबारसम्म राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा पेश भएको प्रस्ताव आजको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको महराले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


