शनिबार १६७ नयाँ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

काठमाडौं, १० पुस । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने २२६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


