जनकपुरधाम, १० पुस । सिरहा र सप्तरीबाट सशस्त्र प्रहरीले ७० किलो गाँजा बरामद गरेको छ ।

सिरहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ बाट ४० किलो गाँजा बरामद गरिएको हो ।

भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले अवैध गाँजा बरामद गरेको हो ।

सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।