शुक्रबार २६० नयाँ संक्रमित थपिए, ३४९ जना संक्रमणमुक्त

काठमाडौं, ९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने ३४९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८२ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेका छन् । जसमध्ये ४ हजार ८१७ जना होम आइसोलेसनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
नेपालमा कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


