जनकपुरधाम, ९ पुस । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो १९ औं बार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवको अवसरमा बैंकको जनकपुरधाम शाखाले आज राममन्दिर परिसरमा विशेष सरसफाइ गर्नुका साथै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको हो ।

रक्तदान जीवनदान मूल नाराका साथ सिद्धार्थ बैंकले आफ्नो १९ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकको जनकपुरधाम शाखाका शाखा प्रबन्धक अर्ण बहादुर वलम्पाकीले जानकारी दिए ।

उनले बैंकको जनकपुरधामस्थित कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेको बताए ।

यस बैंकले प्रदेश २ को ८ जिल्लाका २४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर गरी २५ वटा शाखामार्फत जनतालाई सेवा प्रदान गरिरहेको बैंकका प्रदेश २ कार्यालयका प्रमुख हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।

१ लाख ५० हजार ग्राहक रहेको यस प्रदेशमा बैंकको १२ अर्ब डिपोजिट रहेको उनले बताए । यस बैंकले २७ अर्ब लोन प्रवाह गरेकोसमेत उनले जानकारी दिए ।

सिद्धार्थ बैंकले जनकपुरधाममा ३ वटा र जिल्लामा थप एउटा गरी कूल ४ वटा शाखामार्फत आर्थिक कारोवार गर्दै आएको जनाएको छ ।