काठमाडौं, ९ पुस । थप साढे ६ लाख डोज खोप शुक्रबार नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् शुक्रबार बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो ।

खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत् गत कार्तिकमा पनि १ लाख ६२० डोज फाइजर खोप नेपाल आएको थियो । उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिइएको थियो ।

पुस १३ गतेदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने कार्यतालिका सार्वजनिक भएको छ ।