काठमाडौं, ९ पुस । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार शुक्रबार दिउँसो एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत फेला परेका यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको बताएको छ ।