भारतमा ओमिक्रोनका ३५८ संक्रमित थपिए

एजेन्सी, ९ पुस । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको थपिएको संख्या ६ हजार ६५० रहेको छ । यही समयमा ३७४ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ ।
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले भारतमा खतराको घण्टी बजाएको छ । ओमिक्रोनका संक्रमित भारतमा अब एकै दिनमा सयौँ भेटिन थालेका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ओमिक्रोनका ३५८ जना संक्रमित भेटिएको बताइएको छ ।
यसका साथसाथै भारतमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार पुगेको छ । अनि अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ७९ हजारले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म एक अर्ब ४० करोडभन्दा धेरैले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


