बिहीबार २९३ नयाँ संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

काठमाडौं, ८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार ११६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।त्यस्तै, ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेको छ ।। जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


